टीकाको दिन काठमाडौंमा सशस्त्रको बस नि:शुल्क चढ्न पाइने, यस्तो छ रुट
काठमाडौं । सशस्त्र प्रहरीले भोलि विजया दशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
दसैंको टिका लगाएपछि सर्वसाधारणलाई आवातजावत गर्न सहज होस भनेर उपत्यका दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको बताइएको छ । बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुनेछन् ।
बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निस्शुल्क सेवा दिनेछ ।
यस्तै बा १ ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निःशुल्क सेवा दिने छ ।