दसैं अघि घटेर बन्द भयो सेयर बजार, ९७ करोडको कारोबार




काठमाडौं । यो वर्ष दसैं अघिको अन्तिम कारोबारमा सेयर बजारमा गिरावट आएको छ । बजार निकै उतार चढाबकाबिच बजारमा बजार ४.०५ अंकले घटेर परिसूचक १९०३.८४ बिन्दुमा रोकिएको छ ।

२८४ कम्पनीको ३७ लाख ६६ हजार १५३ कित्ता सेयर ९७ करोड ६ लाख १२ हजार ८९२ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । विकास बैंक ९.२६, वित्त १५.१४, होटल १९.५०, जलविद्युत १९.५०, जीवन बीमा ३४.९५, माइक्रोफाइनान्स १३.६८, निर्जीबन बीमा समूहको उपसूचक ४२.३२ अंकले घटेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.२० अंकले बढेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक सेयर रहेको छ । बैंकको संस्थापक समूहको ५ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु बैंकको संस्थापक सेयर र नबिल बैंक रहेका छन् । कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु