दसैं लगत्तै आईपीओ निष्कासन गर्दै भिजन लुम्बिनी उर्जा कम्पनी



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले दसै‌ लगत्तै सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय, रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरिसकेको छ । कम्पनीले कात्तिक १६ गतेदेखि १९ करोड १२ लाख ५० हजार रुपैयाँको १९ लाख १२ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु