एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।