सेयर बजारमा दोहोरो अंकको सुधार, १७३ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १३.१८ अंकले बढेर १८६४.६२ को बिन्दुमा रोकिएको छ ।
२८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता सेयर एक अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ०.२७, निर्जीवन बीमा समूह ०.५३ र व्यापार समूह १.२५ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.३० र बैंकिङ समूहको उपसूचक १.१० प्रतिशतले बढेको छ ।
कारोबारमा एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य ८.५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपालको चार करोड ६२ लाख ६९ हजार २४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने १७३ कम्पनीको सेयर मूल्य बढेको छ ।