राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकले स्थिर राखे ब्याज
काठमाडौं । निजी दुई बैंक र एउटा सरकारी बैंकले कात्तिकका लागि ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकले असोजकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ९.५ प्रतिशत, माछापुच्छ्रेले ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १० प्रतिशत ब्याज निर्धारण गरेका थिए । तीनै बैंकले कात्तिकमा सोही ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
असारमा भद्र सहमति तोडेपछि बैंकहरुले आफूखुसी ब्याजदर तोक्दै आएका हुन् । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले हरेक पछिल्लो महिनाका लागि लागू हुने ब्याजदर अघिल्लै महिनाको मसान्तसम्ममा सार्वजनिक गर्दै आएका छन् ।