सानिमा सेक्युरिटिजले सुरु गर्‍यो औपचारिक कारोबार



काठमाडौं । सानिमा सेक्युरिटिज (ब्रोकर नं. ८३)ले औपचारिक कारोबार सुरु गरेको छ । सेक्युरिटिजले सोमबारदेखि विधिवत् रुपमा कारोबार सुरुवात गरेको हो ।

कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र सानिमा सेक्युरिटिजका सञ्चालकहरुले संयुक्त रुपमा गरेका छन् ।

उद्घाटन समारोहमा सानिमा बैंकका सीईओ पाण्डेले सानिमा सेक्युरिटिजको विधिवत् रुपमा कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्न आग्रह गरे ।

सानिमा सेक्युरिटिजले साउन १० गते नेपाल धितोपत्र बोर्डबाट र भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।


क्लिकमान्डु