आगामी शुक्रबारसम्म नयाँ नोट साट्न सकिने, कति पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दसैं-तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दसैं–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आजदेखि आगामी शुक्रबारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए ।
नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने बताए । उनले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिने बताए ।
उनले काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने बताउनु भयो । उहाँले सर्वसाधरणहरुलाई राष्ट्र बैंकले दिएका नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न आग्रह गरे ।
उनले नयाँ नोटमा टिका लाग्ने मैलो,कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गरे । उनले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताए ।
सर्वसाधरणहरुले नोटलाई सुरक्षित रुपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने उनको भनाइ छ ।
नोट सुरक्षित रुपमा प्रयोग गर्दा राज्यको करोडौं रुपैयाँ वचत हुने बताए ।
सर्वसाधरणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको बताए । आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको बताए ।
‘आजदेखि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ पाउने गरी नयाँ नोट सटही गर्न शुरु गरेका छौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय सात वटै प्रदेशीक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेका शाखाहरु साथै राष्ट्र बैंक नोट सञ्चालन गरिरहेका ४६ वटा राष्ट्रिय वाणिज्य बैंक र २६ वटा वाणिज्य बैंकहरुले भएसम्म सर्वसाधरणहरुलाई नयाँ नोट सटही गर्ने व्यवस्था शुक्रबार सम्मको लागि मिलाएको छ’ उनले भने ।
त्यस्तै, नयाँ नोट सटही सुविधा शुरु गरेसँगै मानिसहरु लाइनमा बसेर नयाँ नोट सटही गर्न राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरेका छन् । नयाँ नोट सटही गर्न पुगेका खिलराज अधिकारीले राष्ट्र बैंकले लाइनमा सहज रुपमा नयाँ नोट सटही सुविधा रहेको बताए ।
धेरै लाइन समेत बस्न नपर्ने भएकाले सहज रुपमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ पाउने भएकाले आफूले १८ हजार ५०० लिएको उनले बताए । त्यस्तै,सलाम सिंह तामाङले पनि विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागी छुट्टै रुपमा व्यवस्थित गरेकाले सहज भएको बताए ।
नयाँ प्रविधि अनुसार पैसा बोकेर नपाए पनि क्युआरमार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज बनाएको बताए । नयाँ नोट सटही गर्न पुगेको अर्को सर्वसाधरण ढकबहादुर बुढाथोकीले नयाँ नोटको गाउँघरमा महत्व हुने भएकाले सटही गरेर लैजान राष्ट्र बैंक आएको बताए ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूचि समेत निकालेका छन् । सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउनेछ ।