चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता सेयर कम्पनीका कर्मचारीचारीलाई छुट्याइसकेको छ भने आयोजना प्रभावित स्थानीयका लागि ४ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सबै सेयरमा आवेदन परेन । स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरमा मात्रै आवेदन दिएका थिए । बाँकी रहेको १ लाख ९५ हजार ३०० कित्ता थपेर ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।