लक्ष्मी सनराइज बैंकको १६ करोड ३८ लाख रुपैयाँको संस्थापक सेयर कारोबार
काठमाडौं । लक्ष्मी सनराइज बैंकको १६ करोड ३८ लाख ४८ हजार ४०० रुपैयाँको संस्थापक सेयर कारोबार भएको छ ।
बिहीबारको कारोबारमा बैंकको प्रतिकित्ता सय रुपैयाँका दरले १६ लाख ३८ हजार ४८४ कित्ता संस्थापक सेयर १६ करोड ३८ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यो सेयर दुई पटकमा कारोबार भएको हो । एक पटकमा ८ लाख १९ हजा २४२ कित्ताका दरले सेयर किनबेच भएको छ ।बैंकको संस्थापक सेयर ३८ र ३९ नम्बरको ब्रोकरबाट बिक्री भएको छ भने ३८ र ३९ नम्बरकै ब्रोकरबाट खरिद भएको छ ।