सिद्धार्थ बैंकको लाभांश घोषणा, गत वर्षभन्दा कति कम ?



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  लाभांश दिने घोषणा गरेको हो ।

बैंकले लगानीकर्तालाई करसहित ४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले यसपटक सेयरधनीलाई बोनस नदिने भएको छ ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद (करसहित) १३.१६ प्रतिशत लभांश वितरण गरेको थियो ।


क्लिकमान्डु