सेयर धितो कर्जाको सीमा बढ्यो, अब व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा व्यक्तिगत १५ करोड र संस्थागत २० करोड रुपैयाँ बनाएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी सेयर धितो कर्जाको सीमा बढाएको हो ।

परिमार्जित एकीकृत निर्देशनमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।’

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको थियो ।


क्लिकमान्डु