जलविद्युत आयोजनाका प्रबर्धकलाई पीपीए गर्न प्राधिकरणले बोलायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न जलविद्युत कम्पनीहरुलाई बोलाएको छ ।
पीपीएलाई निरन्तरता दिने प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार जलविद्युत कम्पनीहरुलाई ३५ दिन भित्र बोलाएको छ ।
प्राधिकरणले नदी प्रवाही जलविद्युत (आरओआर) र अर्धजलासय (पीआरओआर) आयोजनालाई पीपीए गर्न बोलाएको हो । प्राधिकरणका अनुसार आरओरको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र पिआरओरको ४ हजार ५०० मेगावाट रहेको छ ।
प्राधिकरणका अनुसार ग्रिड कनेक्सन एग्रिमेन्ट भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको प्रक्रिया बढाउने जनाएको छ ।
‘पीपीएको प्रक्रियामा रहेका प्रवर्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई हस्ताक्षर गर्ने प्रयोजनको अख्तियारीका साथै परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन विद्युत् व्यापार विभागबाट पत्राचार गरिएका प्रवर्द्धक कम्पनीलाई ३५ दिनभित्र रितपूर्वक निवेदन साथ विद्युत व्यापार विभागमा सम्पर्क राख्नुहुन पुनः सुचित गरिन्छ’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तोकिएको समयमा निवेदन नआएमा आवश्यक काजगजातहरु÷दस्ताबेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई पीपीएको रोल क्रमबाट हटाइने र रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।