केन्ट आरओको दसैंतिहार अफर, सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार



काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्सले नजिकिँदो दसैंतिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धीकरणका लागि ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘यो दसैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित विभिन्न अफर ल्याएको हो ।

अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ । यो ग्राहक योजना भदौ २८ देखि देशभर सीमित अवधिका लागि लागू गरिएको छ ।


क्लिकमान्डु