खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल



काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

त्यससम्बन्धी सम्झौतापत्रमा खानीखोला हाइड्रोपावर कम्पनी र सिटिजन्स क्यापिटलबीच सम्झौता हस्ताक्षर भएको छ । सम्झौतामा खानीखोलाका प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानीखोलाको हकप्रद सेयर निष्कासन प्रबन्धकको रुपमा काम गर्नेछ ।

खानीखोला हाइड्रोपावर कम्पनीअन्तर्गतका आयोजनाहरु ‘टुगुंन-ठोस्ने तथा खानीखोला जलविद्युत आयोजना’ ललितपुरमा छन् । क्रमशः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमताका यी आयोजना २०७३ मंसिरदेखि नै सञ्चालनमा छन् ।


रवि धिताल