हनुमानढोका क्षेत्रका मन्दिरको रंगरोगनमा ७ लाख खर्च गर्दै महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमान ढोका क्षेत्रका मन्दिरहरुको रंगरोगन गर्ने भएको छ । महानगरले हनुमानढोका क्षेत्रमा रहेका विभिन्न मन्दिर ७ लाख १९ हजार ९१ रुपैयाँ खर्च गर्दै रंगरोगन गर्न लागेको हो ।

महानगरले रंगरोगनका लागि जेनिथ कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई ठेक्का दिएको छ । त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न मन्दिरमा झल्लार पनि राख्ने भएको छ ।

महानगरले सुनौलो रंगको बार्डर भएको रातो रंगको कपडा अर्थात् झल्लार विभिन्न मन्दिरमा राख्न लागेको हो । यसका लागि महानगरले सेक्रेड कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई ठेक्का दिएको छ । कुल ७ लाख ४७ हजार ८२२ रुपैयाँमा यो ठेक्का लागेको हो ।


रवि धिताल