चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन



काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको आवेदन परेको छ । आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो ।

आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधि पौडेल, प्रा. डा. संगीतासिंह भण्डारी र प्रा. डा. सुमनकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

अहिलेका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी पनि दोहोर्‍याउन चाहेर आवेदन दिएका छन् । आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वार्ता १८ गते हुने सिफारिस समितिले जनाएको छ ।

उनीहरूले सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा भदौ १५ भित्र प्रस्तुतीकरण पेस गरिसक्नुपर्नेछ ।


रवि धिताल