संसदमा प्रश्नोत्तर: सांसदहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने कार्यक्रम रहको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने छ,’ संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ ।
आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ ।