हिमालयन बैंकबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल फोन ‘अफर’



काठमाडौं । हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ (एचआई-एमबी) एपबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

यो अफर भदौ १ देखि ३१ सम्म लागू हुनेछ । मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्र मार्फत विजेता छनोट गरिने बैंकले जनाएको छ । विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ ।

फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फन्ड ट्रान्सफरमा आधारित सेवा लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

एचआई-एमबीको फन्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आईपीएसको च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक नरहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाखभन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बंैकिङमार्फत प्रयोगकर्ताले प्रतिदिन दुई लाख रुपैयाँको कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको एचआई-एमबी एपमा हाल १ लाख ७० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् ।


रवि धिताल