ढुसी परेको कोक बेच्नेलाई काठमाडौं महानगरले तिरायो डेढ लाख जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

केही दिनअघि भृकुटी मण्डपमा एउटा कोकाकोलामा ढुसी लागेको भेटिएपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको पत्र काटेका छन् ।

कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुने भए पनि निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको उनले बताए । लिकेज हुँदा ढुसी लागेको उनको भनाइ छ ।

अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्तै फिर्ता लिन, सिलबन्दी राम्रो नभएको बोतल कम्पानीबाटै रिजेक्ट हुनुपर्ने, डिस्ट्युब्युटरबाट रिटेलरमा सामाग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउन महानगरले निर्देशन दिएको छ ।

उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए ।


क्लिकमान्डु