प्रिमियम मूल्यमा माण्डु हाइड्रोपावरको आईपीओ निष्कासन
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गरेको छ ।
जसमा २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारी, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
कम्पनीले ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा छिटोमा १३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।