माछापुच्छ्रे बैंकलाई प्रायोरिटी पास सुविधा



काठमाडौं । डिजिटल इकोनोमी प्रवर्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ ।

प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जसअन्तर्गत बेलायतको कोलिन्सन ग्रुपले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० सहरका १४ सयभन्दा बढी विमानस्थलमा रहेका एयरपोर्ट लाउन्जमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्जअनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नलगायत अन्य अतिरिक्त सुविधासहित लाउन्जको अनुभव प्रदान गर्छ ।


रवि धिताल