आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै  ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ ।

भदौ ८ देखि भदौ १२ सम्म पाँच दिनसम्म चल्ने अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’ प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिसहोमको फाइबर नेटको एक वर्षको  नि:शुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।


रवि धिताल