हिमालयनले कमायो २ अर्ब १७ करोड, जनताको नाफा ६४ करोड



काठमाडौं । हिमालयन बैंकको नाफामा भने ११ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको हिमालयन बैंकले अर्थिक बर्ष २०७३र०७४मा खुद नाफा २ अर्ब १७ करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

हिमालयनले ९२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ७७ अर्ब ६५ करोड कर्जा प्रबाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशत भन्दा माथी रहेको छ ।

बैंकको खराब कर्जा ०.८७ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आबमा १.२३ प्रतिशत थियो । बैंकको प्रतिशेयर अम्दानी ३३ रुपैयाँ रहेको छ ।

यसैगरी जनता बैंकले आफ्नो नाफामा ५ गुणा वृद्धि गरेको छ । उसले आर्थिक बर्ष २०७२र०७३मा १३ करोड खुद नाफा गरेकोमा गत आब २०७३र०७४ मा ६४ करोड रुपैयाँमा खुद नाफा गरेको छ ।

चुत्तापुँजी ६ अर्ब ९९ करोड रहेको जनता बैंकले गत आबमा ४८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ६५ करोड कर्जा प्रबाह गरेको छ ।

बैकको खराब कर्जा २.०९ प्रतिशत रहेको छ । जुन अघिल्लो क्वाटरको तुलनामा केही बढि हो । प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको बैंकको सबै सुचकहरुको आकार सिद्धार्थ डेभलपमेन्ट बैंकसँग मर्जरपछि बढेको हो ।


क्लिकमान्डु