वाणिज्य विभागको आज पनि तरकारी केन्द्रित अनुगमन, एउटा खाद्यान्न पसलमा शिलबन्दी



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तरकारी केन्द्रित अनुगमन आज पनि जारी राखेको छ । प्याजलगायतका तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि गरिएपछि विभागले अनुगमन बढाएको हो ।

बिहीबार २१ वटा फर्मको अनुगमन गरेको विभागको टोली तरकारीका १२ पसलमा पुगेको छ । विभागले तीनवटा तरकारी पसललाई ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको बालाजुको एउटा तरकारी पसललाई विभागले ५० हजार जरिवाना गराएको छ भने खरिद बिलविजक नराखेका कालिमाटीका २ वटा तरकारी पसललाई १० हजारका दरले जरिवाना तिराइएको छ ।

विभागले नियमविपरीत कारोबार गर्ने कालिमाटीको एउटा खाद्यवस्तु विक्रेताको पसलमा शिल गरेको छ भने बिलविजक नराख्ने कालिमाटीको एउटा खाद्यवस्तु विक्रेतालाई २० हजार जरिवाना गराएको छ ।


रवि धिताल