हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार बन्जाडेलाई



काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार यज्ञ बन्जाडेलाई प्रदान गरिने भएको छ ।

स्व. पन्तको स्मृतिमा स्थापना भएको पुरस्कार बञ्जाडेलाई प्रदान गरिने भएको हो । हरिहरदेव पन्त फाउन्डेसनले स्थापना गरेको उक्त पुरस्कार आठौं वार्षिक पुण्यस्मृति दिवसको अवसरमा भदौ २१ गते प्रदान गरिने भएको छ ।

फाउन्डेसनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ संस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार यसअघि गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा तथा विजयराज खनाललाई प्रदान गरिएको छ ।

बन्जाडेले विगत एक दशकदेखि आर्थिक पत्रकारिता गर्दै आएका छन् । बन्जाडेलाई ५० हजार नगदसहित पुरस्कार प्रदान गर्न लागेको फाउन्डेसनले जनाएको छ ।


रवि धिताल