साउनमा ८ प्रतिशतले घट्यो निर्यात, १ खर्ब २९ अर्बको आयात हुँदा १३ अर्बको मात्र निकासी



काठमाडौं । साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निकासी भएकोमा गएको साउनमा १३ अर्ब ५२ करोड ८६ लाखको मात्र वस्तु निकासी भएको भन्सार विभागले जनाएको छ ।

साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकोमा गएको साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो ।

वैदेशिक व्यापार समग्रमा २.२८ प्रतिशतले घटेको छ । गत साउनमा १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोडको निकासी भएको छ ।

व्यापार घाटा गत वर्षको भन्दा ०.६६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब १६ अर्ब ४७ करोडको व्यापार घाटा भएकोमा यो वर्ष १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँबराबरको व्यापार घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु