धादिङको चालिसेबाट त्रिशूली नदीमा खस्यो यात्रु बस



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा यात्रु बस दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बिहान त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट ४५ जनाको टोली घटनास्थलमा पुगिसकेको छ । त्यस्तै उद्धारका लागि नेपाली सेना र सशस्त्रको टोली पनि दुर्घटनास्थल पुगिसकेको प्रहीले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन । दुर्घटनाबारे थप विवरण प्राप्त नभएको धादिङ प्रहरीले जनाएको छ ।


रवि धिताल