‘नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन समिति बन्नुपर्छ’



काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

सुन तस्करीभन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? भन्दै उनले प्रश्नसमेत गरे ।

मंगलबार राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त हुने तर्क गरे ।

संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकाले कुनै पनि प्रकारको छानबिन गर्न संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाइ छ ।

सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठक अवरुद्ध पारेको आरोप लगाए ।


रवि धिताल