सेयर बजार १७ अंकले बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा रोकिएको छ ।

२७७ कम्पनीको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ६७९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैकिङ समूहको उपसूचक ४.७६, विकास बैंक ४३.१०, वित्त ३७.५८, होटल ७०.५८, जलविद्युत ३४.३०, जीवन बीमा ५०.०५, उत्पादन तथा प्रशोधन ८३.९१, माइक्रोफाइनान्स १६.५१, निर्जीबन बिमा १२२.४९, अन्य २१.७४, ट्रेडिङ समूहको उपसूचक १६.७२ अंकले बढेको छ ।

कारोबारमा कुथेली बुखरी स्मल हाईड्रो पावर, इङवा हाईड्रोपावर, माई खोला हाईड्रोपावर, मकर जितुमाया सुरी हाईड्रोका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त, वन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको स्थापक सेयर २८ करोड ५९ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा युनाइटेड अजोड इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन् ।


रवि धिताल