सेयर बजारमा दोहोरो अंकको गिरावट, बजार २ हजार बिन्दुबाट तल झर्‍यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक १२.९३ अंकले घटेर परिसूचक १९९८.२८ बिन्दुमा रोकिएको छ । करिब २ महिनापछि बजार २ हजार बिन्दुबाट तल झरेको छ । २७२ कम्पनीको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ । यो दिन सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक ४.४५, विकास बैंक १३.६१, वित्त २२.९७, होटल ३८.५०, जलविद्युत २९.३७, जीवन बिमा ८४.२४, माइक्रोफाइनान्स १५.६४, उत्पादन तथा प्रशोधन ५६.७७, निर्जीबन बिमा ४९.७३, ट्रेडिङ समूहको उपसूचक ३३.७३ अंकले घटेको छ । कारोबारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सामलिङ पावर कम्पनी, सुपर मादी हाईड्रोपावर, सयपत्री हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै हिमालयन पावर पार्टनर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड २ लाख ४७ हजार २३४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा आइएमई लाईफ इन्स्योरेन्स र सोल्टी होटल रहेको छ ।


क्लिकमान्डु