त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमण सकेर आज स्वदेश फर्कने तालिका अनुसार ३ बजेर २० मिनेटदेखि, ३ बजेर ५० सम्म विमानस्थल बन्द गर्ने सेड्युल भए पनि निर्धारित समयभन्दा करिब ४५ मिनेट अघि नै विमानस्थल बन्द गरिएको हो ।

उपराष्ट्रपति यादव चाइना इस्टर्नबाट स्वदेश फर्कदै छन् । तर निर्धारित समयभन्दा अगाडी उपराष्ट्रपतिको जहाज आउने भएकाले विमानस्थल अघोषित रुपमा बन्द भएको हो । तर यसबारे नोटाम सूचना (नोटिस टु एयरम्यान) सम्बन्धी कुनै औपचारिक जानकारी नदिइ एक घण्टा अघिनै विमास्थल बन्द गरिएको एयरलाइन्स कम्पनीहरुको दाबी छ ।

विमानस्थल बन्द गर्नका लागि सूचना जारी गर्नु पर्ने भए पनि त्यस्तो कुनै सूचना विमानस्थलले जारी नगरेको एयरलाइन्स कम्पनीहरुको दाबी छ ।

उपराष्ट्रपतिको विमान अवतरण भएपछि विमानस्थल खुल्नेछ ।

उपराष्ट्रपति यादव साउन २९ गते चीन प्रस्थान गरेका थिए । उनी कुनमिङमा आयोजना भएको सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी भएका थिए ।


क्लिकमान्डु