कुलमानले बढाए कर्मचारीको तलब, विद्युतीय गाडी किन्दा ५ लाख पाउने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा घिसिङले कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् ।

हरेक वर्ष कर्मचारीलाई दिँदै आएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिइएको उनले बताए । त्यसैगरि महिला कर्मचारीलाई दिएको प्रसुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको घिसिङले जानकारी दिए । त्यस्तै विद्युतीय सवारी साधन खरिदमा दिइने ३ लाखलाई ५ लाखमा पुर्‍याइएको हो । त्यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान २० हजारबाट बाट बढाएर ४० हजार पुर्‍याइएको छ ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घिसिङले घोषणा गरेका छन् । प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने, कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घिसिङको घोषणा छ ।


क्लिकमान्डु