४ बैंकको ब्याज घट्दा ४ को स्थिर, १२ ले बढाए



काठमाडौं । भदौं महिनामा अधिकांश बैंकले ब्याजदर बढाएका छन् । बैंकहरुले प्रकाशित गरेको सूचनाअनुसार १३ बाणिज्य बैंकले भदौंमा साउनभन्दा ब्याजदर बढाएका छन् ।

१३ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपमा ब्याजदर बढाएका छन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर ८.८९६ प्रतिशत पुर्याएका छन् ।

एक बैंकका प्रमुख कार्यकारी अधिकृत व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपमा सहमतिमै अधिक्तम ब्याजदर तोकिएको बताउँछन् ।

बिहीबार प्रकाशित सुचनामा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, सीटीजन इन्टरनेसनल बैंक, सानीमा बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रीय बाणिज्य बैंक, नेपाल बैंक, ब्याजदर बढाएका छन् ।

अधिकांस बैंकले भदौंमा ब्याजदर बढाउँदा ४ वटा बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा एनएमबी बैंक, प्राइम बैंक, स्टाण्डर्ड चार्टड बैंक एनआइसी एसीया बैंक छन् ।

भदौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, एसबीआइ बैंक, हिमालयन बैंकले ब्याजदर स्थीर राखेका छन् ।


क्लिकमान्डु