एमसीसीअन्तर्गतको प्रसारण लाइनका लागि पाल्पामा जग्गा अधिग्रहण गरिँदै
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)अन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसि)अन्तर्गतको ४ सय केभीको प्रसारण लाइन निर्माणका लागि पाल्पामा जग्गा अधिग्रहण गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना प्रकाशित गर्दै ४ सय केभीको प्रसारण लाइनअन्तगृत नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डअन्तर्गत पाल्पा जिल्लाको निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा पर्ने जग्गाहरु स्थायी रुपमा अधिग्रहण गर्न लागिएको हो ।
प्रकाशित सूचनामा प्रशासन कार्यालयले यी जग्गाहरु स्थायी रुपमा अधिग्रहण गरिने जनाएको छ । अधिग्रहण हुने जग्गाका जग्गा धनि वा सरोकारवालाले सूचना प्रकाशित भएको २१ दिनभित्र मुखाब्जा तथा क्षतिपूर्ति दाबी गर्न सक्ने पनि कार्यालयले जनाएको छ ।