चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन



काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले ४ करोड रुपैयाँको ४ लाख कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको हो ।

कम्पनीले आजदेखि आयोजना अति प्रभावित भोजपुर जिल्लाको स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गरेको छ । ८० हजार कित्ता भने सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लाग निष्कासन गरेको छ ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीयले भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले राष्ट्रिय वाणिज्य, नेपाल र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु