नेप्सेले थप तीन बैंकका सहायक कम्पनीलाई दियो ब्रोकरको सदस्यता



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबार गर्न सदस्यता दिएको छ ।

साउन १९ गते तीन वटा ब्रोकरलाई कारोबार गर्न सदस्यता दिएको हो । यो सहित नयाँ १७ वटा ब्रोकरले कारोबार गर्न सदस्यता पाएका छन् ।

१९ गते मेगा स्टक मार्केट्स, माछापुच्छ्रे सेक्युरिटिज र नबिल सेक्युरिटिजले ब्रोकरको कारोबार गर्न सदस्यता पाएका हुन् । मेगाले पूर्ण कारोबार गर्ने धितोपत्र दलाल, माछापुच्छ्रेले सिमित कार्य गर्ने धितोपत्र दलाल र नबिलले धितोपत्र व्यापारीको कारोबार गर्ने छ ।
यसअघि नेप्सेले साउन १४ गते ७ वटा र असार २१ गते ७ वटालाई धितोपत्र कारोबार सदस्यता प्रदान गरेको थियो ।


क्लिकमान्डु