महिन्द्राले इलेक्ट्रिक थार ल्याउँदै, कहिले आउँछ बजारमा?



एजेन्सी । भारतीय गाडी निर्माता कम्पनी ‘महिन्द्रा एण्ड महिन्द्रा’ले आफ्नो सर्वाधिक चर्चित गाडी थारलाई विद्युतीय रुपमा बजारमा ल्याउने भएको छ ।

कम्पनीले ‘थार.ई’ नाम दिएको गाडीको कन्सेप्ट टीजर सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । थार उक्त कम्पनीको सर्वाधिक चर्चित अफरोडिङ गाडीहरुमध्येमा पर्छ ।

थारको विद्युतीय संस्करणलाई कम्पनीले १५ अगस्टबाट दक्षिण अफ्रिकाको केपटाउनमा हुन लागेको ‘फ्यूचरस्केप’ कार्यक्रममा प्रस्तुत गर्ने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको यसको टिजरमा इलेक्टिक थारको टेल लाइट तथा ‘थार.ई’ लेखिएको देखाइएको छ। उक्ट टिजरमा पनि कम्पनीले नयाँ संस्करणमा ल्याउन लागेको थारमा पनि गाडीको डिजाइनलाई निरन्तरता दिइएको छ।

‘विद्युतीय दृष्टिकोणसहित फेरि एउटा इतिहासको जन्म भएको छ,’, महिन्द्राले भनेको छ, ‘भविष्यमा तपाईंहरुलाई स्वागत छ। हाम्रो यो रोचक यात्राको नयाँ कदमको रुपमा स्वतन्त्रता दिवस (भारतको स्वतन्त्रता दिवस) मा महिन्द्रा ‘फ्युचरस्केप’ कार्यक्रममा पेश गरिनेछ ।’

उक्त कार्यक्रम महिन्द्राकै विश्वभरमा फैलिने एउटा अटोसम्बन्धी कार्यक्रम हो ।

हालसम्म नयाँ संस्करणको थारलाई लिएर महिन्द्राको तयारी के कस्तो छ र यसका विशेषताहरु के के छन् भन्ने धेरै सार्वजनिक गरिएको छैन । गाडीको उत्पादन भने कम्पनीले हाल गैरविद्युतीय थारको उत्पादन गरिरहेकै स्थानमा गर्न सक्ने गरि कारखानालाई परिमार्जन गर्न सक्ने सञ्चारमाध्यमहरुले बताएका छन् ।

थारलाई इलेक्ट्रिक संस्करणमा ल्याउँदा यसको ‘अफ रोडिङ’ विशेषतालाई पनि निरन्तरता दिइएको छ । ‘थार.ई’लाई शक्तिशाली बनाउनका लागि डबल मोटर्स सिस्टमको प्रयोग गरेको र त्यसमध्ये एक गाडीको अगाडिको भागमा र दोस्रो पछिल्लो भागमा हुनसक्ने भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टायम्सले जनाएको छ ।


क्लिकमान्डु