सानिमा बैंकका ग्राहकहरुलाई फुडमाण्डुमा क्यासब्याक



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँ सम्मको क्यासब्याक पाउन सक्ने छन् । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो योजना साउन २० देखि माघ २०गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।


क्लिकमान्डु