गणपति लघुवित्तको नाफा ६७.८४% ले घट्यो, खराब कर्जा ४.५२ प्रतिशत
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको नाफा ६७.८४ घटेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कम्पनीको नाफा ६७.८४ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २ करोड १८ लाख ५३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटको असर नाफामा परेको छ ।
असार मसान्तमा कम्पनीको खुद ब्याज आम्दानी १४.७१ प्रतिशतले घटेर १ अर्ब १५ करोड १० लाख ७ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ५६.८३ प्रतिशतले घटेर ९९ लाख ८८हजार रुपैयाँ रहेको छ ।
१५ करोड १५ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा रहेको छ । कम्पनीको खराब कर्जा २.८८ प्रतिशतबाट बढेर ४.५२ प्रतिशत पुगेको छ ।