८० करोड लगानीमा सम्मेलन हल बनाउँदै गोकर्ण रिसोर्ट, एकै वर्ष गर्‍यो ३४ करोडको व्यापार



काठमाडौं । गोकर्ण फरेष्ट रिसोर्ट प्रालिले ८० करोड लगानीमा सम्मेलन हल बनाउने भएको छ । यति/थामसेर्कु ग्रुपद्वारा सञ्चालित रिसोर्टले ८० करोड लगानीमा सभा/सम्मेलनका लागि भवन बनाउने भएको हो ।

रिसोर्टले सम्मेलन हल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जा लिने भएको छ । रिसोर्टले दीर्घकालीन कर्जाका लागि ६६ करोड ५१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

रिसोर्टले ८० प्रतिशत रकम कर्जा लिई सम्मेलन निर्माण गर्नेछ । उक्त सम्मलेन आगामी सन् २०२४ को अप्रिलसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

गोकर्ण रिसोर्टले सन् १९९५ देखि एक सय कोठाको सुविधासहित बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको छ । रिसोर्टले ४७० हेक्टर क्षेत्रफलमा गल्फ कोर्सको सुविधासहित अन्य विभिन्न प्रकारका गुणस्तरीय सुविधाको सेवा दिँदै आएको छ ।

त्यस्तै, रिसोर्टले सन् २०२३ को ६ महिनाको अवधिमा २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । रिसोर्टअनुसार सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा २६ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

रिसोर्टको व्यापार सन् २०२० र सन् २०२१ मा कोरोना महामारीका कारण उच्च प्रभाव परेको थियो । तर, पछिल्ला १८ महिनाको अवधिमा कोरोना असर कम हुँदै गएपछि व्यापार बढ्दै गएको रिसोर्टको भनाइ छ । सन् २०२३ को ६ महिनाको अवधिमा रिसोर्टको अकुपेन्सी ५० प्रतिशत पुगेको छ । सन् २०२१ मा यसको अकुपेन्सी १३ प्रतिशत मात्रै थियो ।

रिसोर्टअनुसार कोभिड अगाडि कै तुलनामा प्रतिक कोठाको मूल्य ४२ सय रुपैयाँ पुगेको उल्लेख छ । ब्याङ्क्वेटबाट उच्च आम्दानी हुँदा व्यापार बढेको रिसोर्टको व्यापार बढेको जनाएको छ । त्यसबाहेक अन्य क्षेत्रको योगदान ३० प्रतिशत छ ।

सन् २०२३ को ६ महिनाको अवधिमा २६ प्रतिशत नाफा कमाएको छ । जुन कोभिड अघिकै तुलनामा नाफा कमाएको छ ।


क्लिकमान्डु