सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम भएको थियो । शक्रबार १४ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु