बानेश्वरबाट फर्किएका लघुवित्तपीडितले गरे माइतीघरमा प्रदर्शन, प्रहरीसँग धकेलाधकेल



काठमाडौं । आन्दोलनरत लघुवित्तपीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

बुधबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका उनीहरु त्यहाँबाट माइतीघर फर्किएका थिए ।

प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको थियो । प्रदर्शनकारीले पक्राउ परेका १७ जनालाई छाड्न माग गर्दै अपराह्न माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

मूलसडकमा अवरोध पुर्‍याएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएर सवारी आवागमन खुला गरेको छ ।

७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । देशभरबाट देशभरबाट ३-४ सय पीडित आएको संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताए ।


क्लिकमान्डु