सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी ठगबहादुर केसी बर्खास्त



काठमाडौं । सरकारले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका केसीलाई मंगलबार (आज) बर्खास्त गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जानकारी दिए ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।

लगत्तै निलम्बन गरी छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।


क्लिकमान्डु