प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १ः०.६५ को अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको थियो ।

कम्पनीले उक्त सूचना नेप्सेमा समयमा नै नबुझाएको भन्दै तीन दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको थियो । कम्पनीलाई आगामी दिनमा त्यस्ता गल्ती नगर्न सचेत गराउँदै साउन ८ गतेको निर्णय अनुसार सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।


क्लिकमान्डु