आँखु खोला जलविद्युत कम्पनीको नाफा ऋणात्मक
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीले असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
असार मसान्तसम्म कम्पनी नाफामा नभएर नोक्सानीमा पुगेको छ । असार मसान्तसम्म कम्पनी ४४ लाख ६१ हजार २६२ रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो असार मसान्तमा २ करोड ४८ लाख १३ हजार ८०४ रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आय घटेको छ । अघिल्लो आवमा २२ करोड २९ लाख ८२ हजार ९४ रुपैयाँ विद्युत बेचेर कमाएको थियो । गत आवको असार मसान्तमा १९ करोड २२ लाख १६ हजार ९९० रुपैयाँ आय गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ० रुपैयाँ ५६ पैसाले ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ६९ रुपैयाँ ६१ पैसा रहेको छ ।