कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा गरेर सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिएकामध्ये १० हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमा १ जनालाई ११ कित्ता सेयर परेको छ । बाँकीले १० कित्ता सेयर परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

आईपीओमा १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएका थिए । जसमा १ हजार १६३ जनाको आवेदन रद्द भएको बताइएको छ । कम्पनीले असार २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, कुथेली बुखरी स्मल हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओको नतिजा हेर्न बनाएको एपबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु