सेयर बजारमा दोहोरो अंकको सुधार, ७३ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । बजार मापन गर्ने सूचक ११.१७ अंकले बढेर परिसूचक २१६५.२४ बिन्दुमा रोकिएको छ ।

यो दिन २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २९.६६, विकास बैंक ४९.१५, उत्पादन तथा प्रशोधन ६६.२०, टे«डिङ समूहको उपसूचक १२८.७८ अंकले बढेको छ ।

कारोबारमा वित्त १८.६४, होटल ३७.६५, जलविद्युत १९.६८, जीवन बिमा ४८.७६, माइक्रोफाइनान्स २०.८३, अन्य समूहको उपसूचक १५.११ अंकले घटेको छ । कारोबारमा बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै बिशाल बजार कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), सिटिजन्स बैंक इन्टरनेशनलका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४५७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र शिवम सिमेन्ट रहेको छ । कारोबारमा ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु