चालु आवको अन्तिम सेयर कारोबारः बजारमा दोहोरो अंकको सुधार, ९३ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम सेयर कारोबार दिन धितोपत्र बजारमा हरियाली छाएको छ ।
बजार मापन गर्ने सूचक १२.१६ अंकले बढेर परिसूचक २०९७.०९ बिन्दुमा रोकिएको छ । यो दिन समग्र बजार ०.५८ प्रतिशतले बढेको छ ।
यो दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १६.२५, विकास बैंक २०.९६, उत्पादन तथा प्रशोधन २४.७४, माइक्रोफाइनान्स ३९.१०, निर्जीबन बीमा १०७.३०, अन्य समूहको उपसूचक ६.५१ अंकले बढेको छ । यस्तै वित्त २.८७, होटल १२.५४, जलविद्युत १७.४३, जीवन बीमा ६.९८ अंकले घटेको छ ।
कारोबारमा सनराइज फोकस्ड इक्विटी फण्डको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सानिमा ग्रोथ फण्ड लगायत म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन् ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड १३ लाख ११ हजार ३७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन लाइफ र माउन्टेन इनर्जी नेपाल रहेका छन् । कारोबारमा ९३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ११७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।