नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, व्यक्तिगत मुद्दतीमा ८.९९ प्रतिशत दिने



काठमाडौं । नेपाल बैंकले लिमिटेडले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले तीन महिनादेखि ५ वर्षसम्मकाे व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर तोकेको हाे ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार ६ महिनादेखि ५ वर्षसम्मको संस्थागत मुद्दती निक्षेपमा ६.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेप (बिडिङ) मा ७.४९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, समृद्ध नारी रिकरिङ निक्षेपमा ८.९९ प्रतिशत र इम्प्लोई वेल्फेयर एकाउन्टमा ५.५७ प्रतिशत, नारी सम्मान बचत खाता, नागरिक बचत खाता र बालबालिका बचत खातामा ५‍.६७ प्रतिशत ब्याजदर दिने जनाएको हो ।


क्लिकमान्डु